काठमाडौं, १२ असोज । रगतमा धेरै मात्रामा कोलेस्टेरोेल भएमा हृदयाघात हुने सम्भावना बढ्छ । रगतमा कोलेस्टेरोल नियन्त्रण गर्ने बारेमा ज्ञान भएमा हृदयाघात हुने सम्भावनालाई कम गर्न सकिन्छ ।
कोलेस्टेरोेल शरीरका प्रत्येक कोषमा पाइने नरम चिल्लो पदार्थ हो, जुन शरीरका लागि अत्यावश्यक हुन्छ तर यसको मात्रा बढी भएमा शरीरलाई हानि हुनसक्छ । यसको उत्पादन प्रमुख रूपमा कलेजोमा हुन्छ । मासु, दूधबाट बनेका पदार्थ तथा अण्डाको पहेँलो भाग यसका प्रमुख स्रोत हुन् ।
कोलेस्टेरोेल तथा अन्य चिल्लो पदार्थ मुटु र दिमागमा रक्तप्रवाह गर्ने रक्तनलीहरूमा जम्न गई रक्तनलीहरू साँघुुरिन सक्छन् । यस प्रक्रियालाई एथेरोस्क्लेरोसिस भनिन्छ । यो प्रक्रिया बढ्दै गएमा रक्तनलीहरूको रक्तप्रवाहमा गतिरोध उत्पन्न भई हृदयाघात, मस्तिष्कघात हुन जान्छ ।
कोलेस्टेरोेल तथा अन्य चिल्ला पदार्थ रगतबाट कोषहरूमा र कोषहरूबाट रगतमा विशेष प्रकारका भरिया (ताव)द्वारा बोकिने गर्छन् । यी भरियालाई लिपोप्रोटिन भनिन्छ । यो खबर आजको गोरखापत्रमा छ ।




