advertisement

चौरसियाको मृत्यु भएकै दिन गत बिहीबारदेखि लागातार उनका परिवारजन र नेकपा पर्साले जाहेरी दर्ता गर्न माग गर्दै न्यायको लागि आन्दोलन गर्दै आएको छ। चौरसियाको हत्यामा संलग्न रहेकाविरुद्ध परिवारजनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन जाँदा प्रहरीले जाहेरी दर्ता नगरेपछि उनका परिवार र नेकपा पर्साले आन्दोलन गर्दै आएको छ।

प्रहरीले हालसम्म जाहेरी नलिएपछि मंगलबार पनि चौरसियाका परिवार र नेकपा पर्साले जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएको छ। धर्ना दिँदै एक घण्टा मौन धारणसमेत गरिएको थियो।

धर्नाको क्रममा उनीहरुले पर्सा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका थिए। बिहान ११ बजेदेखि जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका उनीहरुले २ घण्टासम्म प्रदर्शन गरेका थिए।

गत बिहीबार पर्साको बिन्दबासिनी गाउँपालिकाको प्रसौनी भाटास्थित नव गठित नेकपा गाउँपालिका समितिको शपथग्रहण कार्यक्रम राखिएको थियो। मृतक चौरसिया गाउँपालिका कमिटीको सचिव चुनिएका थिए। सोही सपथ ग्रहण कार्यक्रममा झडप भएको थियो।

झडपमा परी चौरसियाको टाउकोमा चोट लागेर उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा त्यसको भोलिपल्ट शुक्रबार वीरगञ्जको न्यूरो अस्पतालमा मृत्यु भएको थियो। पाँच दिनदेखि चौरसिया परिवार र नेकपा पर्सा कमिटीले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै आएको छ।

त्यही क्रममा सांसद मातृका यादवसहित नेकपा प्रदेश २ का सह–ईञ्चार्ज नागेन्द्र चौधरी,पर्सा ईञ्चार्ज रामचन्द्र साह,सचिव विजय महतो लगायत नेता कार्यकर्ताहरु धर्नामा बसेका थिए।

उनीहरुले समेत धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै जाहेरी दर्ता गरी पीडित परिवारलाई न्याय दिन माग गरेका थिए। नेकपाका अध्यक्ष प्रचण्डसहित प्रमुख प्रतिपक्षी कांग्रेसले समेत विज्ञप्ति जारी गरी जाहेरी दर्ता माग गरिसकेका छन्।

यता हत्या गरिएका चौरसियाको शवको भने अहिलेसम्म पोष्टमार्टमसमेत भएको छैन। उनका परिवारले प्रहरीले आरोपितविरुद्ध जाहेरी दर्ता नगरेसम्म शव नबुझ्ने तथा आन्दोलनलाई निरन्तरता दिने बताउँदै आएका छन् ।

" /> पाँचौँ दिनसम्म पनि मुकेश चौरसियाको शव अस्पतालमै, न्याय माग्दै पर्सामा आजपनि प्रदर्शन - Sarbocha Media

पाँचौँ दिनसम्म पनि मुकेश चौरसियाको शव अस्पतालमै, न्याय माग्दै पर्सामा आजपनि प्रदर्शन

`

     २०७७ कार्तिक ११ गते १०:३०

वीरगञ्ज, ११ कात्तिक । कुटपिटबाट ज्यान गुमाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य मुकश चौरसियाको शव अहिलेसम्म पनि अस्पतालमै रहेको छ। चौरसियाको शव पोष्टमार्टमको लागि अहिले पनि वीरगञ्जको नारायणी अस्पतालमै राखिएको छ।

advertisement

चौरसियाको मृत्यु भएकै दिन गत बिहीबारदेखि लागातार उनका परिवारजन र नेकपा पर्साले जाहेरी दर्ता गर्न माग गर्दै न्यायको लागि आन्दोलन गर्दै आएको छ। चौरसियाको हत्यामा संलग्न रहेकाविरुद्ध परिवारजनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन जाँदा प्रहरीले जाहेरी दर्ता नगरेपछि उनका परिवार र नेकपा पर्साले आन्दोलन गर्दै आएको छ।

प्रहरीले हालसम्म जाहेरी नलिएपछि मंगलबार पनि चौरसियाका परिवार र नेकपा पर्साले जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएको छ। धर्ना दिँदै एक घण्टा मौन धारणसमेत गरिएको थियो।

धर्नाको क्रममा उनीहरुले पर्सा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका थिए। बिहान ११ बजेदेखि जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका उनीहरुले २ घण्टासम्म प्रदर्शन गरेका थिए।

गत बिहीबार पर्साको बिन्दबासिनी गाउँपालिकाको प्रसौनी भाटास्थित नव गठित नेकपा गाउँपालिका समितिको शपथग्रहण कार्यक्रम राखिएको थियो। मृतक चौरसिया गाउँपालिका कमिटीको सचिव चुनिएका थिए। सोही सपथ ग्रहण कार्यक्रममा झडप भएको थियो।

झडपमा परी चौरसियाको टाउकोमा चोट लागेर उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा त्यसको भोलिपल्ट शुक्रबार वीरगञ्जको न्यूरो अस्पतालमा मृत्यु भएको थियो। पाँच दिनदेखि चौरसिया परिवार र नेकपा पर्सा कमिटीले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै आएको छ।

त्यही क्रममा सांसद मातृका यादवसहित नेकपा प्रदेश २ का सह–ईञ्चार्ज नागेन्द्र चौधरी,पर्सा ईञ्चार्ज रामचन्द्र साह,सचिव विजय महतो लगायत नेता कार्यकर्ताहरु धर्नामा बसेका थिए।

उनीहरुले समेत धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै जाहेरी दर्ता गरी पीडित परिवारलाई न्याय दिन माग गरेका थिए। नेकपाका अध्यक्ष प्रचण्डसहित प्रमुख प्रतिपक्षी कांग्रेसले समेत विज्ञप्ति जारी गरी जाहेरी दर्ता माग गरिसकेका छन्।

यता हत्या गरिएका चौरसियाको शवको भने अहिलेसम्म पोष्टमार्टमसमेत भएको छैन। उनका परिवारले प्रहरीले आरोपितविरुद्ध जाहेरी दर्ता नगरेसम्म शव नबुझ्ने तथा आन्दोलनलाई निरन्तरता दिने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?