advertisement

कोर्स पूरा गर्न नसकिने अवस्था भएको खण्डमा सरकारको निर्देशनअनुसार पाठ्यक्रम छोट्याउनुपर्ने उहाँको भनाइ छ । विद्यार्थीको पठनपाठन अघि बढाएर आगामी मङ्सिरमा पहिलो सत्रको परीक्षा लिने कार्ययोजना विद्यालयले बनाएको छ । यो खबर आजको गोरखपत्रमा छ ।

" /> चाडपर्वमा पनि पठनपाठन - Sarbocha Media

चाडपर्वमा पनि पठनपाठन

`

     २०७७ कार्तिक ०४ गते २:०६

काठमाडौँ, ४ कात्तिक। कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण घरमै बसेर अध्ययन (होम स्कुलिङ) गरेका विद्यार्थीले चाडपर्वका बेलामा समेत आफ्नो पठनपाठनलाई निरन्तरता दिने भएका छन् ।

सरकारले वैकल्पिक विधिलाई पठनपाठनको मूलधारका रूपमा स्वीकृति दिएको तथा निर्धारित समयमै पठनपाठन पूरा गरी शैक्षिक सत्रसमेत दुपयोग गर्नुपर्ने भएकाले चाडपर्वको बिदा छोट्याएर पढाइ अघि बढाउने योजनामा विद्यालयहरू जुटेका छन् ।

ललितपुरको आदर्श सौल युवक माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्य यस पटक कात्तिक ६ देखि १६ गतेसम्म मात्रै विद्यार्थीलाई बिदा दिने र अरू बेला अनलाइन कक्षा नियमित सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस पटक चाडपर्वको मुखैमा पनि बालबालिकाको कक्षा नियमित गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

सरकारले आगामी चैतमा यस वर्षको शैक्षिक सत्र पूरा गर्ने भनेकाले पनि विद्यार्थीको पढाइमा केही कसिलो बनाउनुुपर्ने अवस्था रहेको जनाइएको छ । बिदा कम दिने नै आफूहरूको नीति रहेको उल्लेख गर्दै प्रअ आचार्यले निर्धारित समयमा कोर्स पूरा गर्न आफूहरूलाई हम्मेहम्मे पर्ने स्थिति देखिएको बताउनुभयो ।

advertisement

कोर्स पूरा गर्न नसकिने अवस्था भएको खण्डमा सरकारको निर्देशनअनुसार पाठ्यक्रम छोट्याउनुपर्ने उहाँको भनाइ छ । विद्यार्थीको पठनपाठन अघि बढाएर आगामी मङ्सिरमा पहिलो सत्रको परीक्षा लिने कार्ययोजना विद्यालयले बनाएको छ । यो खबर आजको गोरखपत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?