काठमाडौं, ३ कात्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसी आजदेखि सेवामा फर्किने भएका छन्।
निलम्बन फुकुवापछि (डीएसपी) अंगुर जिसी आजदेखि सेवामा फर्किने भएको जनाइएको छ । प्रहरी प्रधान कार्यालयको प्रशासन महाशाखामा आज उपस्थित भएर जिसीले हाजिर गर्ने बताइएको छ ।
महाशाखामा हाजिर हुन डीएसपी जिसीले प्रहरी प्रधान कार्यालयकै कानून महाशाखाबाट अदालतले सफाइ दिएको र गृह मन्त्रालयले निलम्बन फुकुवा गरेको भन्ने व्यहोरा जनाइएको पत्र लानेछन्।

हाजिर भएपछि उनलाई तत्कालका लागि काजमा प्रहरी प्रधान कार्यालयमै राखिनेछ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा सीआईबीबाट गएका जिसीलाई पनि यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेको थियो।




