advertisement

निवेदन दिइरहनुपर्ने होइन । तर, त्यसो नगरिएको र त्यस सचिवालयका कर्मचारीलाई उद्धृत गर्दै निवेदन दिएमा उक्त भत्ता रोकिने कुरा समाचारमाध्यममा प्रकाशित भएको हुँदा मेरो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्नका लागि आग्रह गर्दछु ।’ यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> राष्ट्रिय सभा अध्यक्षदेखि सांसदहरूले धमाधम फिर्ता गर्न थाले दसैँ भत्ता - Sarbocha Media

राष्ट्रिय सभा अध्यक्षदेखि सांसदहरूले धमाधम फिर्ता गर्न थाले दसैँ भत्ता

`

     २०७७ कार्तिक ०३ गते १:०६

काठमाडौं, ३ कात्तिक । दसैँ भत्ताका नाममा रकम लिनु नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा भ्रष्टाचार साबित हुने देखिएपछि सांसदहरूले एकपछि अर्को गरेर रकम फिर्ता गर्न थालेका छन् ।

व्यापक आलोचनापछि व्यक्तिगत रूपमा सांसदहरूले दसैँ भत्ता फिर्ता लिए पनि सत्तारुढ दल नेकपा र विपक्षी कांग्रेसले यसबारे औपचारिक निर्णय भने लिएका छैनन् । पार्टीले एकमुष्ट निर्णय लिँदा रकम फिर्ता सहज हुने ती दलका सांसदहरूको भनाइ छ ।

आइतबार बेलुकासम्म संसद् सचिवालयमा पुगेको विवरणअनुसार चारजना सांसदले दसैँ भत्ता फिर्ता गरेका छन् । सचिवालयमा नपुगे पनि कतिपय सांसदले सामाजिक सञ्जालमार्फत रकम फिर्ताको घोषणा गरेका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित सांसदहरू भीम रावल, गगन थापा, सूर्यप्रसाद पाठकले आफूलाई आएको दसैँ भत्ता फिर्ता गरेको संसद् सचिवालयले बताएको छ ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘चारजनाले फिर्ता गर्नुभएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र गगन थापाले नगद नै फर्काउनुभयो । डा। सूर्य पाठक र भीम रावलले निवेदन दिएर फिर्ता गराउनुभएको छ, आगामी महिनामा उहाँहरूको तलबबाट काटिन्छ ।’

सांसद रावलले संसद् सचिवालयका महासचिवलाई पत्र लेखेर आफ्नो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका थिए । रावलले लेखेको पत्रमा छ, ‘देश विषम परिस्थिति तथा आर्थिक कठिनाइमा रहेका वेला जनप्रतिनिधिहरू, विशेषतः सांसदहरूका लागि दसैँ भत्ताबापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने हो ।

advertisement

निवेदन दिइरहनुपर्ने होइन । तर, त्यसो नगरिएको र त्यस सचिवालयका कर्मचारीलाई उद्धृत गर्दै निवेदन दिएमा उक्त भत्ता रोकिने कुरा समाचारमाध्यममा प्रकाशित भएको हुँदा मेरो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्नका लागि आग्रह गर्दछु ।’ यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?