वीरगञ्ज, २६ असोज । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. पन्नलाल पटेलको मृत्यु भएको छ ।

वीरगञ्जस्थित गण्डक अस्पतालका सञ्चालक रहबर अन्सारीले दिनुभएको जानकारी अनुसार उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उनको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा मृत्यु भएको अन्सारीले जानकारी दिनुभयो ।
डा. पटेल वीरगञ्ज भवानीपुरका स्थानीय हुनुहुन्छ ।




