सोलुखुम्बु, २४ असोज । लामो अवधिको जन्मान्तरका लागि गाउँमै सेवा पाएपछि टीकापुर–४ का महिला खुशी भएका छन् । टीकापुर–४ अस्नेहरीमा भएको लामो अवधिको जन्मान्तरका लागि स्याटेलाइट क्लिनिकमा इम्प्लान्ट सेवा लिएकी सीमा कार्कीले अब पाँच वर्षका लागि ढुक्क भएको बताउनुभयो ।
कार्कीले भन्नुभयो, “इम्प्लान्ट सेवा लिन टीकापुर अस्पताल जानुप¥थ्र्यो, स्वास्थ्यकर्मी गाउँमै आए, म जस्तै धेरै महिलालाई सजिलो भयो ।” टीकापुर–४ कै सुनिता चौधरीले एउटा बच्चा हुँदा गत वर्ष जन्मान्तरका लागि केही साधन प्रयोग गरौँ भनी श्रीमानसंग सल्लाह गर्नुभयो तर उहाँका श्रीमानले वास्ता गर्नु भएन । सुनिताका हाल दुई बच्चा छन् । पहिलो बच्चा ढाइ वर्षको छ भने अर्को बच्चा चार महिना पुगिसक्यो । सुनितालाई दोस्रो बच्चा जन्मेदेखि जन्मान्तरका लागि केही गर्न पाएँ हुने भएको थियो ।
“म फेरि गर्भ रहन सक्छ भनी चिन्तामा थिए । यस्तो महामारीको समयमा अस्पताल जानसमेत सकेकी थिइन”, सुनिताले भन्नुभयो, “गाउँमै सेवा पाए अब पाँच वर्ष ढुक्क भयो ।” सुनिता स्थानीय सरकारले महिलाका यस्तै खाले समस्या बुझ्न आवश्यक रहेको बताउनुहुन्छ । शुक्रबार भएको स्याटेलाइट क्लिनिकमा वडा नं ४ का ३० महिलाले इम्प्लान्ट सेवा लिएका छन् । इम्प्लान्ट राखेमा पाँच वर्ष जन्मान्तरका लागि ढुक्क हुन्छ । लामो समयसम्म अपनाइने परिवार नियोजनका साधन प्रयोग गर्न चाहनेका लागि स्याटेलाइट क्लिनिक गरिएको सिनियर अनमी हेमा ज्ञवालीले बताउनुभयो । उहाँले वडास्तरमा मागअनुसार अन्य वडामा पनि सञ्चालन हुँदै आएको बताउनुभयो ।

“हामीले स्वयं्सेविकामार्फत् महिलालाई कस्तो खालका सेवा आवश्यक छन् भनी बुझ्छौँ”, ज्ञवालीले भन्नुभयो, “नगरपालिकाले सुरक्षाका मापदण्ड अपनाएर गाउँमै गएर सेवा दिने योजना बनाएको छ । ” ज्ञवालीले परिवार नियोजनमा अस्थायी साधन प्रयोग गर्नेमा ७० प्रतिशत महिला रहेको बताउनुभयो । टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाको आयोजनामा भएको कार्यक्रममा धनसिंहपुर स्वास्थ्यचौकीकी अनमी कमला शर्मा र अस्नेहरी शहरी स्वास्थ केन्द्रकी मेलिना केसीले सेवा दिनुभएको थियो ।




