एजेन्सी, २२ असोज । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) का पूर्व–निर्देशक अश्विनीकुमारले आत्महत्या गरेका छन् ।
अश्विनीकुमारले बुधबार आफ्नै निवासमा आत्महत्या गरेको जनाइएको छ । उनी नागाल्यान्डका पूर्व–राज्यपालसमेत हुन् ।
नागल्यान्डको राजधानी शिमलास्थित निवासमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

७० वर्षीय आश्विनीकुमारले जीवनमा थकित भएपछि अर्को यात्रा तय गरेको सुसाइड नोटमा उल्लेख गरेका छन् ।




