विराटनगर, १८ असोज। मोटरसाइकलको ठक्करबाट सशस्त्र प्रहरी बलका एक सहायक निरीक्षक असइको मृत्यु भएका छन्। गए शनिवार राति मोटरसाइकलले ठक्कर दिँदा सशस्त्र प्रहरीका सहायक निरीक्षकको मृत्यु भएको हो ।

मोरङको बुढीगंगा गाउँपालिका–१ मा शनिवार राति ९ बजे पैदल हिँडिरहेका सोही ठाउँका ४२ वर्षीय कमलप्रसाद तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि मृत्यु भएको छ ।
राजमार्ग किनारमा पैदल हिडिरहेका असई तावाहाङलाई तीब्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारका क्रममा शनिबार राति १ बजे मृत्यु भएको मोरङ प्रहरीले जनकारी दिनु भयो ।
विदामा घर आएका मृतक तावाहाङ सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेका थिए । ठक्कर दिने मोटरसाईकललाई नियन्त्रणमा लिएको र चालक अझैसम्म फरार रहेको प्रहरीले बताए।




