advertisement

विवाह गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि उनको कोखबाट बच्चा नभएपछि गत कात्तिक २८ गते उपचारका लागि युवती, उनका श्रीमान्, सासूससुरा र नन्द सुनकुडाबाट भारत जाने भनेर हिँडे ।

एक सातासम्म सासूको माइती घर बैतडीको गड भन्ने ठाउँमा बसेर स्थानीय धामी र वैद्यले उनको उपचार गर्ने भन्दै झारफुकतिर पनि लागे । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

" /> आफन्तबाटै यौनहिंसा र अमानवीय यातना, ‘ससुराले बलात्कार गर्थे, पानी माग्दा मुखमा पिसाब फेरिदिए’ - Sarbocha Media

आफन्तबाटै यौनहिंसा र अमानवीय यातना, ‘ससुराले बलात्कार गर्थे, पानी माग्दा मुखमा पिसाब फेरिदिए’

`

     २०७७ आश्विन १८ गते ३:४८

बझाङ, १८ असोज । बुंगल नगरपालिकाकी एक महिलालाई आफ्नै पति र ससुराले बलात्कार र वेश्यावृत्तिमा लगाए ।

२१ वर्षीया उनी बलात्कार र यातनाको कहालीलाग्दो श्रृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभागमा भर्ना भइन् । उनी स्वास्थ्यकर्मीसँग आफूले भोगेको कहालीलाग्दो पीडा सुनाउँछिन् । पूरा सुनाउन नपाउँदै फेरि बेहोस हुन्छिन् ।

उनी भन्छिन्, ‘पापीहरू सबै लागेर मलाई बलात्कार गरे । आफूले नपुगेर बाहिरका मान्छेलाई पनि बोलाएर उस्तै गर्न लगाए । पानी माग्दा उल्टै सबैले उनको मुखमा पिसाब फेरिदिएको उनी सुनाउछिन् । उनले आफ्नो प्यास मेटाउन त्यो पनि खाएँको बताउछिन्। उनको जीउभरि चुरोटले पोलेको कहालि लाग्दो घटनाबारे सुनाउछिन् ।

उनी शान्त भएपछि पीडितका काकाले घटनाको बेलिबिस्तार लगाए । माइती घर बुंगल नगरपालिका -२ की ती युवतीको तीन वर्ष पहिला मात्रै बित्थडचिर गाउँपालिका-९ सुनकुडाका एक युवकसँग विवाह भयो ।

नौ महिनाकी हुँदै छाडेर आमाले अर्कैसँग विवाह गरेपछि काकाले संरक्षण गरे र उनैले २०७४ असारमा कन्यादान गरे । ‘पहिलो वर्ष त राम्रै थियो । त्यसपछि मेरी छोरीमाथि जे भयो म कसरी बताऊँ रु’ काकाले भने, ‘दुःख गरेर हुर्काएकी मेरी छोरीलाई राक्षसहरूले दिनु दुःख दिएछन् ।’

advertisement

विवाह गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि उनको कोखबाट बच्चा नभएपछि गत कात्तिक २८ गते उपचारका लागि युवती, उनका श्रीमान्, सासूससुरा र नन्द सुनकुडाबाट भारत जाने भनेर हिँडे ।

एक सातासम्म सासूको माइती घर बैतडीको गड भन्ने ठाउँमा बसेर स्थानीय धामी र वैद्यले उनको उपचार गर्ने भन्दै झारफुकतिर पनि लागे । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?