advertisement

गत वर्ष लगानी सम्मेलनका क्रममा निजगढ विमानस्थल बनाउन प्रस्ताव पेस गरेका सात कम्पनीमध्ये अन्यलाई प्राविधिक र वित्तीय रूपमा अयोग्य घोषित गर्दै जुरिचलाई मात्रै छनोट गरेको थियो । ६ असोज २०७६ को बोर्ड बैठकले जुरिचसँग मात्रै थप प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> निजगढ पुनः अलपत्र : एक वर्ष झुलाएर जुरिचले प्रस्ताव नै दिएन - Sarbocha Media

निजगढ पुनः अलपत्र : एक वर्ष झुलाएर जुरिचले प्रस्ताव नै दिएन

`

     २०७७ आश्विन १५ गते १:०१

काठमाडौं १५ असोज । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणका लागि लगानी बोर्डले छनोट गरेको स्विट्जरल्यान्डको जुरिच एयरपोर्ट नआउने भएको छ ।

प्रस्ताव पेस गर्न दोस्रोपटक समय थप गरिएको म्याद बुधबार सकिँदासम्म पनि जुरिचको तर्फबाट कुनै जवाफ नआएको लगानी बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।

विमानस्थल निर्माण गर्न प्रस्ताव पेस गरेका ६ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनीलाई सर्ट लिस्ट नै नगरी स्विट्जरल्यान्डको जुरिच एयरपोर्टलाई छनोट गरिएको थियो । जुरिचले प्रस्ताव नै पेस नगरी एक वर्ष समय विनाउपलब्धि खेर फालेको छ ।

‘बुधबार ५ बजेसम्म जुरिचले प्रस्ताव पठाएको छैन, अब उसको म्याद सकियो,’ लगानी बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले भने । अब म्याद थप गर्ने वा नयाँ प्रक्रियामा जाने भन्ने निर्णय प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने लगानी बोर्ड बैठकले गर्ने उनको भनाइ छ ।

advertisement

गत वर्ष लगानी सम्मेलनका क्रममा निजगढ विमानस्थल बनाउन प्रस्ताव पेस गरेका सात कम्पनीमध्ये अन्यलाई प्राविधिक र वित्तीय रूपमा अयोग्य घोषित गर्दै जुरिचलाई मात्रै छनोट गरेको थियो । ६ असोज २०७६ को बोर्ड बैठकले जुरिचसँग मात्रै थप प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?