advertisement

गाउँले कहाँ बस्ने भन्ने चिन्तामा रहेको शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारी बताउँछन्। सबै परिवारलाई तत्काल स्थानीयको घरमा र कोठिया मैदानको चौरमा बस्ने व्यवस्था मिलाइएको उनको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> ४० घर रहेको सिंगो गाउँ पहिरोको जोखिममा - Sarbocha Media

४० घर रहेको सिंगो गाउँ पहिरोको जोखिममा

`

     २०७७ आश्विन ११ गते १:२६

सन्धिखर्क, ११ असोज । अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ को कोठिया मैदान भासिएपछि गाउँले त्रासमा छन्।

कोठिया मैदानमा जमिन धुजाधुजा भएर भासिएपछि ४० घरपरिवार रहेको सिंगो गाउँनै पहिरोको जोखिममा परेको शितगंगा नगरपालिका–१२ का वडा अध्यक्ष बाबुराम गैरे बताए। उनका अनुसार अहिलेसम्म २६ घर भत्किएका छन्। अन्य १४ घर पहिरोको उच्च जोखिममा छन्।

पहिरोले मानवीय क्षती नगरे पनि घर बगाएको छ। घरमा पालेका भैँसी, गाई, गोरु, बाख्राको बिचल्ली भएको छ। घरमा बचेका सामान स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाले निकालेको छ।

advertisement

गाउँले कहाँ बस्ने भन्ने चिन्तामा रहेको शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारी बताउँछन्। सबै परिवारलाई तत्काल स्थानीयको घरमा र कोठिया मैदानको चौरमा बस्ने व्यवस्था मिलाइएको उनको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?