advertisement

प्रयोगशाला विज्ञहरूका अनुसार सरकारले तोकेको शुल्कमा पनि फाइदा हुने गरेको छ । त्रिभुवन विश्वविद्यालयका आनुवंशिक वैज्ञानिक डा। गिरिराज त्रिपाठीले पनि धेरै परीक्षण गर्दा सरकारले तोकेको दुई हजार शुल्कमा पनि प्रतिनमुना पाँच सय रुपैयाँ फाइदा हुने बताए । यो खबर नयाँपत्रिकामा छ ।

" /> कोरोना परीक्षणमा दोब्बर शुल्क लिँदै स्टार अस्पताल - Sarbocha Media

कोरोना परीक्षणमा दोब्बर शुल्क लिँदै स्टार अस्पताल

`

     २०७७ आश्विन ११ गते १:०४

काठमाडौं, ११ असोज । कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने आरटी–पिसिआर परीक्षणका लागि काठमाडौंको स्टार अस्पतालले सरकारले तोकेकोभन्दा झन्डै दोब्बर शुल्क लिइरहेको पाइएको छ । सरकारले शुल्क घटाएयताको १३ दिनमा मात्रै स्टारले एक करोड २८ लाखभन्दा बढी शुल्क असुल गरेको छ ।

सरकारले २८ भदौमा पिसिआर परीक्षणको शुल्क चार हजार पाँच सयबाट घटाएर दुई हजार कायम गरेको छ । कुनै पनि अस्पतालले योभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । तर, स्टार अस्पतालले भने स्वास्थ्य मन्त्रालयकै संरक्षणमा सरकारले तोकेकोभन्दा झन्डै दोब्बर शुल्क असुलेको पाइएको छ । स्टारले प्रतिनमुना तीन हजार आठ सय ९९ रुपैयाँ लिएको बिल नयाँ पत्रिकाले फेला पारेको छ । यो सरकारले तोकेको मूल्यभन्दा एक हजार आठ सय ९९ रुपैयाँ बढी हो ।

सरकारले दुई हजार शुल्क तोकेको १३ दिनको भएको छ । यो अवधिमा मात्रै स्टारले ६ हजार सात सय ८० वटा नमुना परीक्षण गरेको स्वास्थ्य मन्त्रालयलाई बुझाएको रिपोर्टमा देखिन्छ । सरकारले तोकेको शुल्कमा परीक्षण गर्दा एक करोड ३५ लाख ६० हजार रुपैयाँ हुन्छ । तर, स्टार अस्पतालले एक करोड २८ लाख ७५ हजार दुई सय २० रुपैयाँ बढी असुल गरेको छ ।

advertisement

प्रयोगशाला विज्ञहरूका अनुसार सरकारले तोकेको शुल्कमा पनि फाइदा हुने गरेको छ । त्रिभुवन विश्वविद्यालयका आनुवंशिक वैज्ञानिक डा। गिरिराज त्रिपाठीले पनि धेरै परीक्षण गर्दा सरकारले तोकेको दुई हजार शुल्कमा पनि प्रतिनमुना पाँच सय रुपैयाँ फाइदा हुने बताए । यो खबर नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?