advertisement

तीन प्रतिशत भन्दा बढी सञ्चार गृहले खर्च व्यवस्थापनका लागि कर्मचारी कटौती गरेका छन् भने करिब सात प्रतिशतले आफ्ना कर्मचारीको तलब कटौती गरेका छन् । कोरोना महामारी र लक डाउनका कारण पत्रकारिता क्षेत्रको भविष्यमा पनि प्रभाव पर्न सक्ने देखिन्छ । ७.२ प्रतिशत पत्रकार तथा मिडिया सञ्चालक पत्रकार यस क्षेत्रको भविष्यप्रति निरास छन् भने झण्डै ४० प्रतिशत पत्रकारिताको भविष्य अन्योलमा रहेको ठान्छन् । यो खबर आजको गोरखापत्रमा छ ।

" /> कोभिडका कारण परम्परागत मिडियाको भविष्य अन्योल - Sarbocha Media

कोभिडका कारण परम्परागत मिडियाको भविष्य अन्योल

`

     २०७७ आश्विन ०६ गते २:०६

काठमाडौं, असोज ६ । नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षण सार्वजनिक गरेको छ । अध्ययनले विशेष गरी परम्परागत मिडियाको भविष्य के हुने भन्ने बारे अन्योल देखिएको छ ।

कोरोना महामारी र त्यसका कारण भएको लक डाउनले समग्र नेपाली पत्रकारिता तथा सञ्चार क्षेत्रमा नकारात्मक असर देखिएपछि यस्तो सर्वेक्षण सार्वजनिक गरेको हो । सर्वेक्षणका अनुसार महामारी तथा लक डाउनका कारण मिडिया क्षेत्रको आम्दानी घटेको र त्यसको प्रत्यक्ष असर श्रमजीवी पत्रकारहरुमा परेको देखिएको छ । साथै, कतिपय सञ्चार गृहले भने महामारीलाई बहाना बनाई सञ्चारमाध्यम बन्द गर्ने वा पत्रकारहरुलाई रोजगारीबाट निकाल्ने गरेको पनि पाइएको छ ।

७० प्रतिशतभन्दा बढी पत्रकारले कोरोना महामारी तथा लक डाउनका कारण समाचार संकलन र सम्प्रेषणमा असहजता महसुस गरेका छन् । अधिकांश पत्रकारहरुले यस अवधिमा समाचार संकलन र सम्प्रेषण गर्दा उपलब्ध स्वास्थ्य सुरक्षाका विधि अपनाएको भए पनि करिब दुई तिहाई पत्रकारले आफ्नो काम गर्दा असुरक्षित महसुस गरेका छन् । मास्क र स्यानिटाइजर जस्ता सामग्री उपलब्ध भए पनि अस्पताल तथा संक्रमित व्यक्तिहरु भएका स्थानमा रिपोर्टिङ गर्न जाँदा पिपिइको अभावका कारण आफूहरुले असुरक्षित महसुस गरेको पाइएको छ ।

आम्दानीमा कमी आएका कारण नियमित पारिश्रमिक भूक्तानी गर्न नसक्ने सञ्चार गृहको संख्या करिब १४ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । ती मध्ये धेरैले लक डाउन लागू भएदेखि नै तलब भुक्तानी गर्न सकेका छैनन् । यस अवधिमा मिडिया सञ्चालकले आफनो कार्यालयको खर्च व्यवस्थापनका लागि विभिन्न उपाय अपनाएको कारणले त्यस्को असर पत्रकार र कर्मचारीहरुमा देखिएको छ ।

advertisement

तीन प्रतिशत भन्दा बढी सञ्चार गृहले खर्च व्यवस्थापनका लागि कर्मचारी कटौती गरेका छन् भने करिब सात प्रतिशतले आफ्ना कर्मचारीको तलब कटौती गरेका छन् । कोरोना महामारी र लक डाउनका कारण पत्रकारिता क्षेत्रको भविष्यमा पनि प्रभाव पर्न सक्ने देखिन्छ । ७.२ प्रतिशत पत्रकार तथा मिडिया सञ्चालक पत्रकार यस क्षेत्रको भविष्यप्रति निरास छन् भने झण्डै ४० प्रतिशत पत्रकारिताको भविष्य अन्योलमा रहेको ठान्छन् । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?