advertisement

पोखरीको डिलमा कपडा खोलेर दुई छोरी पसेको देखिएको प्रहरीको दाबी छ । गहिरो पोखरीमा दुई छोरीहरु डुबेपछि उद्धारका लागि आमा जाँदा उनी पनि डुबेकी जनाइएको छ ।

" /> माछा पाल्ने पोखरीमा डुबेर दुई छोरी र आमाको मृत्यु - Sarbocha Media

माछा पाल्ने पोखरीमा डुबेर दुई छोरी र आमाको मृत्यु

`

     २०७७ आश्विन ०५ गते ४:१२

विराटनगर, ५ असोज। मोरङमा पोखरीमा डुबेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ वर्षीया पबित्रा र ९ वर्षीया कृतिका छोरीहरुको माछा पाल्ने पोखरीमा डुबेर ज्यान गएको हो ।

छोरीहरु पोखरीमा डुबेपछि उद्धार गर्न गएकी सीताको पनि ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए ।

advertisement

पोखरीको डिलमा कपडा खोलेर दुई छोरी पसेको देखिएको प्रहरीको दाबी छ । गहिरो पोखरीमा दुई छोरीहरु डुबेपछि उद्धारका लागि आमा जाँदा उनी पनि डुबेकी जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?