advertisement

समूहले यसअघि पनि कोरोना माहामारिको बेला रगत अभावमा कसैको पनि ज्यान नजओस भन्ने बिचारका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको मिलिजुली टिकटक परिवार समुहका संयोजक राजन कडेल र कृपा अधिकारीले बताउनु भयो ।

" /> टिकटक प्रयोककर्ताको एक समूहद्वारा वृद्वाआश्रममा सहयोग - Sarbocha Media

टिकटक प्रयोककर्ताको एक समूहद्वारा वृद्वाआश्रममा सहयोग

`

     २०७७ आश्विन ०५ गते १:२५

काठमाडौं, ५ असोज । सामाजिक सञ्जाल टिकटक प्रयोककर्ताको एक समूहले हिमालय वृद्धाआश्रमलाई सहयोग गरेको छ ।

मिलिजुली टिकटक परिवार समूहले गंगबु – ६ जलबिनायक चोक काठमाडौँमा रहेको हिमालय बृद्वाआश्रमलाई एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरेको हो ।

टिकटक समूहले औपचारिक कार्यक्रम नै गरेर कम्बल ३५ थान, चियापति १० केजि, बिस्कुट २० कार्टुन, लुगा धुने साबुन र नुहाउने साबुन २०र२० कार्टुन, सरफ ३५ केजी, चिउरा ५० केजी दाल ५० केजी, फिनेल २० लिटर, चिनी ५० केजी, जुस २ कार्टुन, सेनिटाइजर २५ लिटर, चाउचाउ २ कार्टुन, भुजा १० केजी र आटा ५० केजी लगायत अन्य दैनिक उपभोग्य सामाग्री समुहमा आवद्ध ब्यक्तीहरुले हस्तान्तरण गरेका हुन्।

advertisement

समूहले यसअघि पनि कोरोना माहामारिको बेला रगत अभावमा कसैको पनि ज्यान नजओस भन्ने बिचारका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको मिलिजुली टिकटक परिवार समुहका संयोजक राजन कडेल र कृपा अधिकारीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?