advertisement

घोडाघोडी नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत पहराई भाद्र ३१ गतेदेखि घरबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

‘जङ्गलमा रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । अहिले प्रहरी टोली घटनास्थलमा छ । शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ’, डिएसपी बिष्टले भने, ‘घटनाको अनुसन्धान अगाडि बढाइसकेका छौं ।’

" /> पत्रकार निर्मला पहराई जङ्गलमा मृत भेटिइन् - Sarbocha Media

पत्रकार निर्मला पहराई जङ्गलमा मृत भेटिइन्

`

     २०७७ आश्विन ०२ गते १२:५७

कैलाली, २ असोज । कैलालीकी एक जना महिला पत्रकार आज (शुक्रबार) दिउँसो जङ्गलमा मृत भेटिएकी छिन् ।

जिल्लाको घोडाघोडी नगरपालिका–४ घर भएकी २४ वर्षीय निर्मला पहराई जङ्गलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलाली डिएसपी प्रतिक बिष्टले जानकारी दिएका छन् । उनका अनुसार पत्रकार पहराई घोडाघोडी नगरपालिका–५ को फूलबारी सामुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

advertisement

घोडाघोडी नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत पहराई भाद्र ३१ गतेदेखि घरबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

‘जङ्गलमा रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । अहिले प्रहरी टोली घटनास्थलमा छ । शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ’, डिएसपी बिष्टले भने, ‘घटनाको अनुसन्धान अगाडि बढाइसकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?