advertisement

सामुदायिक विद्यालयमा नाम दर्ता गरेर पुस्तक लगेका विद्यार्थीले पनि काठमाडौं फर्किन नसक्ने बताएका छन् । अघिल्लो वर्षको विद्यार्थी संख्याका आधारमा सरकारले यस्ता विद्यालयलाई पुस्तक खरिदका लागि बजेट उपलब्ध गराएको छ । विद्यार्थी अभावमा पुस्तक विद्यालयमै थुप्रिएका छन् । काठमाडौंबाट फर्केका विद्यार्थी नजिकका जिल्लाका विद्यालयमा भर्ना भएका छन् । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> आधा विद्यार्थी फर्किने अनिश्चित, संकटमा उपत्यकाका सामुदायिक विद्यालय - Sarbocha Media

आधा विद्यार्थी फर्किने अनिश्चित, संकटमा उपत्यकाका सामुदायिक विद्यालय

`

     २०७७ भाद्र २८ गते १:०४

काठमाडौं, २८ भदौ । निजी विद्यालयसरह आकर्षक मानिएका काठमाडौं उपत्यकाका सामुदायिक विद्यालयमा अघिल्लो वर्ष भर्ना भएका करिब आधा विद्यार्थी फर्किने अनिश्चित देखिएको छ ।

कोरोना प्रसार रोक्न ११ चैतमा देशव्यापी लकडाउन भएपछि अभिभावकसँगै आ–आफ्ना गाउँ गएका बालबालिका फर्किने निश्चित नभएको हो । सामुदायिक विद्यालयमा सरकारले निस्शुल्क पाठ्यपुस्तक वितरण गर्छ । यस वर्ष करिब ५० प्रतिशत विद्यार्थीले मात्र नाम दर्ता गरेर पुस्तक लगेका छन् । काठमाडौंका नाम चलेका सामुदायिक विद्यालयहरू देशभरबाट आएका विद्यार्थीले भरिभराउ हुन्थे । कोरोना संकट कायम रहँदा ती विद्यालयमा विद्यार्थी अभाव देखिएको हो । काठमाडौंका चक्रपथभित्रका सबैजसो सामुदायिक विद्यालयको साझा समस्या हो यो ।

advertisement

सामुदायिक विद्यालयमा नाम दर्ता गरेर पुस्तक लगेका विद्यार्थीले पनि काठमाडौं फर्किन नसक्ने बताएका छन् । अघिल्लो वर्षको विद्यार्थी संख्याका आधारमा सरकारले यस्ता विद्यालयलाई पुस्तक खरिदका लागि बजेट उपलब्ध गराएको छ । विद्यार्थी अभावमा पुस्तक विद्यालयमै थुप्रिएका छन् । काठमाडौंबाट फर्केका विद्यार्थी नजिकका जिल्लाका विद्यालयमा भर्ना भएका छन् । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?