खानेपानीका कर्मचारी घुससहित पक्राउ

`

     २०७७ भाद्र २५ गते ८:५१

पोखरा, २५ भदाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयको टोलीले खानेपानी संस्थानका एक कर्मचारीलाई बिहीबार २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। संस्थानको विन्ध्यवासिनी इकाई कार्यालयका कृष्णहरि वाग्ले घुस लिँदालिँदै पोखरा १ बगरको एक रेस्टुरेन्टबाट पक्राउ परेका हुन् ।

ग्राहकको खानेपानीको मिटर बिग्रेको र अस्वाभाविक महसुल उठेपछि त्यसलाई मिलाउने गरी प्रशासन सहायक तहका कर्मचारी वाग्लेले सेवाग्राहीसँग घुस लिएको अख्तियार स्रोतले जनाएको छ । वाग्ले करारका कर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?