नेपालगन्ज, २५ भदौ । कोभिड संक्रमण फैलिन थालेपछि भारतका विभिन्न सहरबाट कैयौँ दिन लगाएर सीमानाका पुगेका पश्चिम नेपालका श्रमिक नेपाली नागरिकताको प्रमाणपत्र देखाएर सीमा वार आएका थिए । तर, महामारी उत्कर्षतर्फ अघि बढिरहेकै वेला भारतीय आधार कार्ड देखाएर सीमा पार गर्ने कोसिसमा छन् ।
कार्ड नभएकाहरु बालबालिकासहित तीन चार दिनदेखि नाकामा रोकिएका छन् । यो अंक भारतमा बुधबार रातिसम्म कोभिडबाट संक्रमितको संख्या हो । विश्वमा दोस्रो नम्बरमा रहेको भारतमा आजभोलि दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । तर, कोभिड हटस्पट भारत छिर्न विपन्न र बेरोजगार नेपालीको हुल सिमाना पुगेको छ । तर, कहिले रासन कार्ड त कहिले आधार कार्ड मागेर भारतीय सुरक्षाकर्मीले रोकिरहेका छन् ।

सीमाबाट फर्काइए पनि नेपाली गाउँ फर्कन तयार छैनन् । बरु अर्को दिन छिर्ने प्रयास गरिरहेका छन् । कोही तीन दिन भयो, कसैको चार दिन । यसरी विपन्न र बेरोजगार नेपाली भारत छिर्ने महाभारतमा छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।




