advertisement

यसअघि आफ्नो स्थापना दिवसकाे अवसरमा किरावि केन्द्रिय समितिले  केन्द्रिय कार्यलय काटेश्वरमा रक्तदान कार्यक्रम गर्थ्याे तर यस वर्ष काेराेनाकाे महामारीले गर्दा उपत्यका कार्यसमितिले रक्तसंचार केन्द्र रेडक्रस सोसाइटीकाे केन्द्रीय कार्यलयमै गएर रक्तदान गरेकाे उपत्यका अध्यक्ष शुभमानसुङ राईले जानकारी दिए ।

यसैबीच आज किरावि संघले आफ्नो स्थापना दिवस भब्यताका साथ मनाइरहेकाे छ ।  काेराेनाकाे महामारीले गर्दा यस वर्ष किरावि संघले आफ्नो स्थापना दिवसकाे अवसरमा  ‘मातृभाषामा शिक्षा’ विषयमा अनलाइन वक्तृत्वकला प्रतियोगिता गरेकाे छ ।

 

 

" /> नवीन राईको सम्मान र सम्झनामा किरावि उपत्यकाद्वारा रक्तदान - Sarbocha Media

नवीन राईको सम्मान र सम्झनामा किरावि उपत्यकाद्वारा रक्तदान

`

     २०७७ भाद्र १७ गते ९:१२

काठमाडाैं, १७ भदाै । किरात राई विद्यार्थी (किरावि) संघको संस्थापक अध्यक्ष नवीन कुमार राईको सम्मान र सम्झनामा उपत्यका कार्यसमितिले रक्तदान गरेको छ । किरात राई विद्यार्थी संघको २२औँ स्थापना दिवसको अवसरमा रक्तसंचार केन्द्र रेडक्रस सोसाइटीकाे केन्द्रीय कार्यलय सोल्टिमोडमा रक्तदान गरेको हो ।

२०५६ भदौ १७ गते नवीन राईको अध्यक्षतामा किरावि संघकाे स्थापना भएकाे थियाे । स्थापना भएकाे दुई वर्ष नपुग्दै संस्थापक अध्यक्ष नवीन राईलाई तत्कालिन सरकारको आदेशमा गिरफ्तार गरि बेपत्ता परिएकाे थियाे । बेपत्ता छानविन आयोगले अझै पनि नवीन राईलाई वेपत्ता पारिएको सुचीमा संमावेश गरिएको छ ।

advertisement

यसअघि आफ्नो स्थापना दिवसकाे अवसरमा किरावि केन्द्रिय समितिले  केन्द्रिय कार्यलय काटेश्वरमा रक्तदान कार्यक्रम गर्थ्याे तर यस वर्ष काेराेनाकाे महामारीले गर्दा उपत्यका कार्यसमितिले रक्तसंचार केन्द्र रेडक्रस सोसाइटीकाे केन्द्रीय कार्यलयमै गएर रक्तदान गरेकाे उपत्यका अध्यक्ष शुभमानसुङ राईले जानकारी दिए ।

यसैबीच आज किरावि संघले आफ्नो स्थापना दिवस भब्यताका साथ मनाइरहेकाे छ ।  काेराेनाकाे महामारीले गर्दा यस वर्ष किरावि संघले आफ्नो स्थापना दिवसकाे अवसरमा  ‘मातृभाषामा शिक्षा’ विषयमा अनलाइन वक्तृत्वकला प्रतियोगिता गरेकाे छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?