advertisement

दुर्घटनामा घाइते भएका पाँच जनालाई उपचारको लागि भरतपुर अस्पताल ल्याइएको छ। घाइते मध्ये चारको अवस्था सामान्य र एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

" /> बिरामी बोकेको एम्बुलेन्स त्रिशुली नदीमा खस्याे, पाँच जना घाइते - Sarbocha Media

बिरामी बोकेको एम्बुलेन्स त्रिशुली नदीमा खस्याे, पाँच जना घाइते

`

     २०७७ भाद्र १६ गते ११:३४

चितवन, १६ भदौ । काठमाडौंबाट सर्लाहीतर्फ बिरामी बोकेर जाँदै गरेको एम्बुलेन्स त्रिशुली नदीमा खसेको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

मंगलबार बिहान ना ५ च १०३३ नम्बरको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका ३, पानीधारामा अनियन्त्रित भई नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

advertisement

दुर्घटनामा घाइते भएका पाँच जनालाई उपचारको लागि भरतपुर अस्पताल ल्याइएको छ। घाइते मध्ये चारको अवस्था सामान्य र एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?