काठमाडौं, १३ भदौ । कोभिड– १९ का कारण विद्यालय बन्द भएपछि नेपालमा पनि वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिएको छ । तर, अहिलेसम्म दुईतिहाइ अर्थात् ५४ लाखभन्दा बढी बालबालिका दूरशिक्षाबाट समेत वञ्चित रहेको युनिसेफको अध्ययनले देखाएको छ ।
युनिसेफले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार बालबालिका तथा परिवारबारे गरिएको अध्ययनमा विद्यालय जानेमध्ये दुईतिहाइ बालबालिका दूरशिक्षाको अवसरबाट वञ्चित रहेको पाइएको हो । अहिले स्कुल जाने १० मध्ये तीन बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यमहरूमा पहुँच रहेको युनिसेफले जनाएको छ । त्यसमध्ये पनि ८० प्रतिशतले मात्रै दूरशिक्षाका माध्यमहरूलाई आफ्नो सिकाइ लागि उपयोग गरिरहेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार बालविकासदेखि कक्षा १२ सम्म ८१ लाख २७ हजार एक सय ८३ विद्यार्थी छन् । प्रारम्भिक बालविकासमा ११ लाख ५५ हजार ६१, आधारभूत तह ९कक्षा १–८०मा ५३ लाख १९ हजार चार र माध्यमिक तह ९कक्षा ९–१२०मा १७ लाख २६ हजार १८ विद्यार्थी छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या करिब ५६ लाख छ । यो खबर आजको नयाँपत्रिकामा छ ।




