काभ्रे, १० भदौ। धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक पुरुषको कोरोनाबाट गएराति निधन भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोनाका कारण निधन भएको छ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मङ्गलबार राति उपचारका क्रममा त्यस पुरुषको निधन भएको जानकारी दिनु भयो। पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्रकुमार झाले ३ दिनपहिले अस्पताल भर्ना भएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । त्यस पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित भएकाले जसको उपचार गर्न धुलिखेल अस्पताल भर्ना भएको झाले बताउनु भयो।
पछिल्लो केही हप्तायता काभ्रेपलाञ्चोकमा समेत कोरोना सङ्क्रमण बढ्दै गएको छ । पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये १ पुरुष र १ महिलाको मृत्यु भएको छ भने ६३ उपचारबाट घर फर्किएका छन् । बाँकी ९८ सङक्रमितको विभिन्न स्थानको आइसोलेशनमा उपचाररत रहेको जानकारी दिनु भयो ।




