advertisement

चितुवासँग भिड्दा घाइते भएका थापालाई उपचारका लागि लमजुङ सामुदायिक अस्पतालमा लगिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

शर्माका अनुसार विहान ६ बजेतिर चितुवा गाउँ पसेको थियो । मारिएको चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको शर्माले बताए । ‘वन ऐन अनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ,’ प्रजिअ शर्माले भने ।

" /> मानिसलाई आक्रमण गर्ने चितुवा मानिसकै आक्रमणमा मारिए - Sarbocha Media

मानिसलाई आक्रमण गर्ने चितुवा मानिसकै आक्रमणमा मारिए

`

     २०७७ भाद्र ०७ गते २:२२

लमजुङ, ७ भदाै । जिल्लाकाे बेँसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आइतबार बिहान मानिसलाई आक्रमण गर्ने चितुवा मानिसकै आक्रमणमा मारिएको छ ।

चितुवाले बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मरेको हो । बालकलाई आक्रमण गर्न खोजेपछि थापा चितुवासँग भिडेका थिए । भिड्ने क्रममा चितुवाको आक्रमणबाट थापा घाइते भएका छन्‌ भने थापाले प्रहार गरेको हँसियाको चोटका कारण चितुवा मरेको छ ।

advertisement

चितुवासँग भिड्दा घाइते भएका थापालाई उपचारका लागि लमजुङ सामुदायिक अस्पतालमा लगिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

शर्माका अनुसार विहान ६ बजेतिर चितुवा गाउँ पसेको थियो । मारिएको चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको शर्माले बताए । ‘वन ऐन अनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ,’ प्रजिअ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?