मिर्गौला पीडित श्रेष्ठलाई सहयोग

`

     २०७७ श्रावण २८ गते १:११

गलकोट, २८ साउन । व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित रामलाल श्रेष्ठलाई मङ्गलबार रु ३० हजार सहयोग गरिएको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका व्यवसायी नारायण श्रेष्ठका पहलमा श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

श्रेष्ठलाई व्यवसायी श्रेष्ठका तर्फबाट रु १० हजार, सामाखुशीका विष्णुकुमार श्रेष्ठका तर्फबाट रु १० हजार तथा दुलेगौँडाका व्यवसायी विमलप्रसाद रिमाल र दमौली निवासी शम्भुलाल श्रेष्ठका तर्फबाट रु पाँचपाँच हजार गरी रु ३० हजार प्रदान गरिएको छ ।

उक्त रकम नारायण श्रेष्ठ र उहाँकी श्रीमती पार्वतीले मिर्गौलापीडित रामलाललाई हस्तान्तरण गर्नुभयो । आफँै मिर्गौला पीडित भएका अवस्थामा छोराको करेन्ट लागेर निधन भएपछि सो परिवारमा पीडा थपिएकाले सबैले उहाँलाई सहयोग गर्नुपर्ने श्रेष्ठले बताउनुभयो ।

यस्तै व्यास युवा क्लवको अगुवाइमा सङ्कलित रु ३५ हजार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । उक्त रकम युवा अभियानकर्मी लक्ष्मीभक्त खनाल, क्लबका अध्यक्ष मीनबहादुर गुरुङ तथा सदस्य कमल गिरी र अङ्कित गुरुङले संयुक्त रुपमा मिर्गौलापीडित रामलाललाई हस्तान्तरण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?