advertisement

स्थानीयले अवस्थाअनुसार सातदेखि १४ दिनसम्म लकडाउन गर्ने निर्णय गरेको जानकारी आफूलाई भएको प्रवक्ता डङ्गोलले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

" /> काठमाडौंका हाँडीगाउँ, महाङ्काल, महाबौद्ध लगायतका क्षेत्रहरुमा लकडाउन - Sarbocha Media

काठमाडौंका हाँडीगाउँ, महाङ्काल, महाबौद्ध लगायतका क्षेत्रहरुमा लकडाउन

`

     २०७७ श्रावण २६ गते ४:५७

काठमाडौं, २६ साउन । काठमाडौं महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका तीन क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ ।

काठमाडौं महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबौद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोलले बताउनुभयो ।

त्यस्तै वडा ५ अन्तर्गत हाँडीगाउँ क्षेत्रमा पनि एकै परिवारका पाँच जनामा सङ्क्रमण पाइएपछि लकडाउन गरिएको उहाँले बताउनुभयो ।

advertisement

स्थानीयले अवस्थाअनुसार सातदेखि १४ दिनसम्म लकडाउन गर्ने निर्णय गरेको जानकारी आफूलाई भएको प्रवक्ता डङ्गोलले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?