advertisement

सिराहा–१९ का वडाध्यक्ष गोपाल यादव महँगो भएकाले हरेक घरमा एक÷एक थान मास्क र हातधुने साबुन वितरण गरिएको बताउँछन् । उनका अनुसार ११ चैतमा लकडाउन घोषणायता मास्क र साबुन वितरणमा मात्र वडा कार्यालयले पाँच लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> कोरोना शीर्षकमा सिराहाका स्थानीय तहले खर्च गरे २८ करोड - Sarbocha Media

कोरोना शीर्षकमा सिराहाका स्थानीय तहले खर्च गरे २८ करोड

`

     २०७७ श्रावण २६ गते ३:१५

सिराहा, २६ साउन । सिराहा नगरपालिका–१९ सन्हैठास्थित उत्तरबारी र दक्षिणबारी टोलमा डोम जातिका २० परिवारका एक सय १० जनाको बसोवास छ । गत २० चैतमा वडा कार्यालयले तीमध्ये १५ परिवारलाई एक–एक थान मास्क वितरण ग¥यो ।

उत्तरबारी टोलका बद्री मल्लिकको परिवारमा १० सदस्य छन् । उनलाई २२ चैतमा वडा कार्यालयका कर्मचारीले एक–एक थान मास्क र हात धुने साबुन दिए । ‘१० जनाको परिवारलाई एउटा मास्क लिनु कि नलिनु भयो १’ बद्री भन्छन्, ‘वडाले हाटबजार जाँदा मात्र मास्क लगाउन भनेको छ । घरबाहिर जानुपर्दा बुढाबुढीले एउटै मास्क पालैपालो लगाउँछौँ ।’

उत्तरबारी टोलकै प्रमिला देवीले पनि एउटा मास्क र हातधुने साबुन पाइन् । यो टोलका पाँच परिवारका ३३ जनालाई पाँचवटा मास्क दिइएको थियो । दक्षिणबारी टोलका १२ जनाको परिवारलाई २३ चैतमा एउटा मास्क दिइयो ।

advertisement

सिराहा–१९ का वडाध्यक्ष गोपाल यादव महँगो भएकाले हरेक घरमा एक÷एक थान मास्क र हातधुने साबुन वितरण गरिएको बताउँछन् । उनका अनुसार ११ चैतमा लकडाउन घोषणायता मास्क र साबुन वितरणमा मात्र वडा कार्यालयले पाँच लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?