advertisement

अभिनेत्री शर्माले आफूले केही दिनअघि दिएको अन्तर्वार्तामा एक प्रश्नको जवाफ गलत भएको र यसका कारण आफू ट्रोलको शिकार भएको भन्दै उक्त अन्तवार्ता सम्पादन गरी प्रशारण गर्न अनुरोध गरेको बताउँदै आएकी थिइन् । उनले दिएको उजुरीमा पनि अन्तर्वार्ता सम्पादनको कुरा उल्लेख गरेकी छन् । ‘चलचित्र क्षेत्रबाहेकका प्रश्नहरुको उत्तर दिन म असमर्थ भएकोमा प्रतक्ष्य प्रशारण नभएकोले कार्यक्रमको छायांकन पश्चात सो प्रश्नोत्तर सम्पादन गरि हटाएरमात्र प्रशारण गरिदिनुहुन अनुरोध गरेको थिएँ,’ उजुरीमा लेखिएको छ, ‘तर, मेरो अनुरोधलाई लत्याएर जस्ताको तस्तै प्रशारण गरिदिँदा मैले मानसिक रुपमा तनाव भोग्नुपरे पनि म मौन नै बसेकी थिएँ । तर २०७७/४/२२ गतेको सोही कार्कय्रममा कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले पत्रकार आचारसंहिताको उल्लंघन गर्दै व्यक्तिगत गालीगलौजमा उत्रिँदै तुच्छ अभिव्यक्ति दिएका छन् ।’

पूजाले प्रकाशविरुद्ध ‘प्रेस काउन्सिल नेपाल’लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी हालिसकेको कलाका संघमा बुझाएको उजुरीमा उल्लेख छ ।

यसले आफूलाई निकै तनाव दिएको अभिनेत्री पूजा बताउँछिन् । ‘एकदमै तानव भयो । त्यो कार्यक्रमपछि मैले उहाँसँग पनि कुरा गरें । मलाई मर्नुजस्तो भयो यस्तो नगरिदिनु न भन्दा पनि उहाँले वास्ता नै गर्नुभएन,’ पूजाले भनिन्, ‘भर्खर चलचित्र कलाकार संघ र चलचित्र संघमा उजुरी दिएँ । चलचित्रसँग सम्बन्धित अन्य संस्थामा पनि उजुरी दिन्छु म । टेलिभिजनका प्रमुखसँग पनि कुरा गरेर उजुरी दिन्छु ।’

चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का कार्यक्रममा दिइएको अभिव्यक्तिप्रति असुन्तुष्टि व्यक्त गर्छन् । ‘यो राम्रो होइन । उहाँले सम्पूर्ण कलाकारलाई हेपेर बोल्नु भएको छ । चलचित्रको अभिभावक सोचेर पूजा शर्मा उजुरी गुहार लिएर संघ आउनु भयो । दुई पक्षलाई छलफलमा बोलाउँछौं हामी,’ उनले भने ।

" /> 'मलाई मर्नुजस्तो भयोभन्दा पनि वास्ता गर्नुभएन' : पूजा शर्मा - Sarbocha Media

‘मलाई मर्नुजस्तो भयोभन्दा पनि वास्ता गर्नुभएन’ : पूजा शर्मा

`

     २०७७ श्रावण २५ गते १२:४९

काठमाडौं, २५ साउन । अभिनेत्री पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीविरुद्ध चलचित्र कालकार संघ लगायत विभिन्न संस्थामा मानहानीको उजुरी दिएकी छिन् । एपीवान टेलिभिजनबाट बिहीबार प्रसारणमा आएको कार्यक्रममा सुवेदीले प्रयोग गरेका शब्दले आफ्नो मानहानी गरेको भन्दै उजुरी दिएको पूजाले बताइन् ।

कार्यक्रममा कतै पूजाको नाम भने लिएको छैन । अभिनेत्रीका चार पुस्ताको अन्तवार्ता आफैंले लिएको भन्दै कार्यक्रममा सुवेदीले भनेका थिए, ‘इन्टरभ्यू दिने पनि आफैं, बोल्ने पनि आफैं, नआउने पनि आफैंलाई, अनि हामीले चाहिँ लिएको इन्टरभ्यु इडिट गरिदिनु पर्ने, काटिदिनुपर्ने त्यो पनि मिलाई मिलाई । महानायिका बनाइदिनु पर्ने, त्यो पनि दाह्रा निस्केको अनुहारलाई ।’

advertisement

अभिनेत्री शर्माले आफूले केही दिनअघि दिएको अन्तर्वार्तामा एक प्रश्नको जवाफ गलत भएको र यसका कारण आफू ट्रोलको शिकार भएको भन्दै उक्त अन्तवार्ता सम्पादन गरी प्रशारण गर्न अनुरोध गरेको बताउँदै आएकी थिइन् । उनले दिएको उजुरीमा पनि अन्तर्वार्ता सम्पादनको कुरा उल्लेख गरेकी छन् । ‘चलचित्र क्षेत्रबाहेकका प्रश्नहरुको उत्तर दिन म असमर्थ भएकोमा प्रतक्ष्य प्रशारण नभएकोले कार्यक्रमको छायांकन पश्चात सो प्रश्नोत्तर सम्पादन गरि हटाएरमात्र प्रशारण गरिदिनुहुन अनुरोध गरेको थिएँ,’ उजुरीमा लेखिएको छ, ‘तर, मेरो अनुरोधलाई लत्याएर जस्ताको तस्तै प्रशारण गरिदिँदा मैले मानसिक रुपमा तनाव भोग्नुपरे पनि म मौन नै बसेकी थिएँ । तर २०७७/४/२२ गतेको सोही कार्कय्रममा कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले पत्रकार आचारसंहिताको उल्लंघन गर्दै व्यक्तिगत गालीगलौजमा उत्रिँदै तुच्छ अभिव्यक्ति दिएका छन् ।’

पूजाले प्रकाशविरुद्ध ‘प्रेस काउन्सिल नेपाल’लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी हालिसकेको कलाका संघमा बुझाएको उजुरीमा उल्लेख छ ।

यसले आफूलाई निकै तनाव दिएको अभिनेत्री पूजा बताउँछिन् । ‘एकदमै तानव भयो । त्यो कार्यक्रमपछि मैले उहाँसँग पनि कुरा गरें । मलाई मर्नुजस्तो भयो यस्तो नगरिदिनु न भन्दा पनि उहाँले वास्ता नै गर्नुभएन,’ पूजाले भनिन्, ‘भर्खर चलचित्र कलाकार संघ र चलचित्र संघमा उजुरी दिएँ । चलचित्रसँग सम्बन्धित अन्य संस्थामा पनि उजुरी दिन्छु म । टेलिभिजनका प्रमुखसँग पनि कुरा गरेर उजुरी दिन्छु ।’

चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का कार्यक्रममा दिइएको अभिव्यक्तिप्रति असुन्तुष्टि व्यक्त गर्छन् । ‘यो राम्रो होइन । उहाँले सम्पूर्ण कलाकारलाई हेपेर बोल्नु भएको छ । चलचित्रको अभिभावक सोचेर पूजा शर्मा उजुरी गुहार लिएर संघ आउनु भयो । दुई पक्षलाई छलफलमा बोलाउँछौं हामी,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?