मुसहर बस्तीमा गुन्डा लगाएर आक्रमण गर्ने ६ जना पक्राउ

`

     २०७७ श्रावण २४ गते २:११

मोरङ, २४ साउन । मोरङको बुढीगंगा गाउँपालिका–२ मुसहरी बस्तीमा आक्रमण गर्ने ६ जनालाई प्रहरीले शुक्रबार पुनः पक्राउ गरेको छ ।

घटनामा संलग्न १२ जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा किटानी जाहेरी दर्ता भएसँगै ६ जना पक्राउ परेका हुन् । अन्य ६ जना भने फरार छन् ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का १८ वर्षीय दीपक साह, २५ वर्षीय ब्रह्मदेव यादव, २६ वर्षीय सञ्जय यादव, ३२ वर्षीय विन्दु यादव, ३६ वर्षीय उत्तिमलाल यादव र ४५ वर्षीय राजदेव यादव छन् ।

स्थानीय वैजनाथ यादवले १९ साउनको राति भाडामा मगाएका गुन्डाहरूले मुसहर बस्तीमा प्रवेश गरी पाँचजनालाई तरबार, भाला र रडले मरणासन्न हुने गरी आक्रमण गरेका थिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?