advertisement

प्रहरीले शिशुको आमालाई जिम्म लगाइसकेको जनाएको छ । बाल गृह सञ्चालक अधिकारीले एक महिलालाई बचाउनको लागि त्यस्तै गरेकी बताएकी छिन् । यस विषयमाथि थप अनुसन्धान हुने बताइएको छ।

" /> कपनमा मिलेमतोमा नै बच्चालाई कार्टुनमा राखिएको रहस्य खुल्यो - Sarbocha Media

कपनमा मिलेमतोमा नै बच्चालाई कार्टुनमा राखिएको रहस्य खुल्यो

`

     २०७७ श्रावण २० गते ६:४७

काठमाडौ, २० साउन । कपनमा खुल्ला ठाउँमा कार्टुनमा भेटिएको भनिएको बच्चालाई मिलेमतोमा नै त्यस्तो गरिएको खुलेको छ ।

गत सोमबार कपनको झाडी नजिकै  एउटा खुल्ला ठाउँमा कार्टुनभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। बच्चाको शरीरमा अलि अलि कमिलाहरु हिड्न थालेको खबरहरु युट्युव च्यानलहरुबाट बाहिरिएको थियो ।

बच्चालाई बाल गृह सञ्चालक पुष्पा अधिकारीले संरक्षण दिने भन्दै राखिन् र उनले युट्युवरहरुको लाइन लगाइदिइन् । अधिकारीले बच्चाको नामकरण समेत गरिन् । शिशुको नाम  प्राप्तिका अधिकारी राखिन् ।

सामाजिक सञ्जालमा भिडिओ देखेकाहरूले ती नवजात शिशुको पालनपोषणका लागि भन्दै उनको बाल गृहलाई सहयोग दिए। उनीसंग अरू १६ जना बालबालिका छन् ।

प्रहरीले बच्चाको बारेमा अनुसन्धान थाल्यो । प्रहरको अनुसन्धानबाट विदेशबाट आएकी एक जना महिलाको बच्चा भन्ने पत्ता लागेको छ ।

advertisement

प्रहरीले शिशुको आमालाई जिम्म लगाइसकेको जनाएको छ । बाल गृह सञ्चालक अधिकारीले एक महिलालाई बचाउनको लागि त्यस्तै गरेकी बताएकी छिन् । यस विषयमाथि थप अनुसन्धान हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?