काठमाडाैं, १९ साउन । नक्कली प्रहरी बनेर मासिक रुपमा रकम बुझाउनु पर्ने भन्दै होटल सञ्चालकलाई धम्क्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ९ दक्षिण कर्मटुवा निवासी ३० वर्षीय सुरज नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।
‘जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत सइ हुँ’ भन्दै ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्यू होटलका सञ्चालकसंग मासिक रकम माग गर्ने गरेको र अभद्र व्यवहार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्लले जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनि ट्राफिक चोक स्थित पाहुना गेष्ट हाउसमा गई निःशुल्क खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनि जहेरी परेकाले पक्राउ गरिएको हो ।
शनिबार पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परीच्छेद ५ दफा ११८ (अभद्र व्यवहार गर्न नहुने) कसुरमा मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई आईतबार जिल्ला प्रशासन कार्यालय दाङबाट १० दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साथै प्रहरीले सार्वजनिक पद धारण गरेको व्यक्ति भनी नक्कली परिचय पत्र बनाएर समाजमा अपराधिक गतिविधि गरिरहेको भन्दै सूचना दिन सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।
साथै प्रहरीले सार्वजनिक पद धारण गरेको व्यक्ति भनी नक्कली परिचय पत्र बनाएर समाजमा अपराधिक गतिविधि गरिरहेको भन्दै सूचना दिन सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।




