advertisement

देवान र उनका भाइ कौशलले जलप लगाउने जिम्मा लिएका थिए। देवानको सम्पर्क राजस्थानका सुन व्यापारीसँग रहेको अनुसन्धानबाट खुलेको छ। उक्त सूचना दरबारमार्ग वृत्तमा पुगेपछि कौशलले पुरानो चिनजानका प्रहरी जवान कठायतलाई आर्थिक प्रलोभनमा पारे। यो खबर आजको अन्नपुर्ण पोस्टमा छ ।

" /> प्रहरीले भगाए तस्कर, चाँदीमा सुनको जलप लगाउन ५२ लाख खर्च - Sarbocha Media

प्रहरीले भगाए तस्कर, चाँदीमा सुनको जलप लगाउन ५२ लाख खर्च

`

     २०७७ श्रावण १८ गते २:१५

काठमाडौं, १८ साउन । १५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ। दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश अभियुक्तलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिएका छन्। ‘ठगी गरेर कराडौं हत्याउने उक्त गिरोहको योजना असफल भयो’, उनले भने, ‘प्रारम्भिक रूपमा अपरेसनमा लापरबाही गर्ने सुरक्षाकर्मीमाथि कडा कारबाही गर्छौं।’

प्रहरीले भारतीय नागरिकहरू देवान पटेल, कौशल पटेल, विजय पटेल, निलेश सखिया, ट्याक्सी चालक सन्दीप गुरुङ, न्युरोडमा मोबाइल पसल सञ्चालन गर्ने उमेश श्रेष्ठ, न्युरोडकै सुन पसलमा काम गर्ने मनीष मल्लिकसहित प्रहरी जवानद्वय बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरेको हो। गाडीधनी बाराका इल्ताफ हुसेन अन्सारी र भारतीय नागरिक सञ्जय पटेल फरार सूचीमा छन्। अन्सारी यसअघि नक्कली नोट र हतियार कारोबारमा पक्राउ परी छुटेको पाइएको छ।

गिरोहले योजनाबद्ध रूपमा चाँदीलाई सुन बनाएर ठग्ने योजना बनाएको देखिएको छ। उक्त गिरोहका सदस्य चाँदीमा जलप लगाइएको सुन भारतको राजस्थान लगी ठूला व्यापारीलाई ठग्ने योजनामा थिए।

advertisement

देवान र उनका भाइ कौशलले जलप लगाउने जिम्मा लिएका थिए। देवानको सम्पर्क राजस्थानका सुन व्यापारीसँग रहेको अनुसन्धानबाट खुलेको छ। उक्त सूचना दरबारमार्ग वृत्तमा पुगेपछि कौशलले पुरानो चिनजानका प्रहरी जवान कठायतलाई आर्थिक प्रलोभनमा पारे। यो खबर आजको अन्नपुर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?