advertisement

धर्म सन्तानको रूपमा विदेश पठाइएका बालबालिकाको तथ्यांकसमेत मन्त्रालय र संगठनले दुरुस्त राखेका छैनन् । ०४९ देखि ०७५ सम्मको २६ वर्षको अवधिमा नौ सय ३४ बालबालिका धर्मपुत्र÷पुत्रीका रूपमा विदेशीलाई दिइएको दुवै निकायको तथ्यांक छ । तर, हेगस्थित धर्मपुत्ररपुत्री ग्रहणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ९एचसिसिएच०को तथ्यांकअनुसार नेपालले सन् २००१ देखि ०१८ सम्म १८ वर्षमा १९ सय एक बालबालिका पठाएको अभिलेख राखेको छ । यसरी ९ सय ६७ बालबालिकाको अभिलेख नै गायब भएको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> सरकारद्वारा नै आठ हजार डलरमा बालबालिका बिक्री - Sarbocha Media

सरकारद्वारा नै आठ हजार डलरमा बालबालिका बिक्री

`

     २०७७ श्रावण १५ गते १२:५५

काठमाडौं, १५ साउन । नेपाल सरकार र नेपाल बाल संगठनले मिलेर पछिल्लो १८ वर्षमा १९ सय एक बालबालिकालाई धर्मपुत्ररपुत्रीको रूपमा विदेश पठाएका छन् । एक बालबालिकाबराबर आठ हजार डलरसम्म लिएर सरकारले तीन हजार र संगठनले पाँच हजार डलरसम्म भागबन्डा गर्दै आएका थिए । सरकार र संगठनले नौ सय ३४ बालबालिका पठाएको अभिलेख राखे पनि हिसाब–किताब दुरुस्त छैन । अझ, यसरी नैपठाइएका थप नौ सय ६७ बालबालिकाको त अभिलेखसमेत छैन ।

उच्च अदालतका पूर्वन्यायाधीश हरिबहादुर भट्टराईको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन आयोगले धर्मपुत्ररपुत्री दिँदा हुने आम्दानीमा तत्कालीन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र संगठनका पदाधिकारीहरूले ठूलो अनियमितता गरेको औँल्याएको छ । संगठनले साढे तीन करोड र मन्त्रालयले अढाई करोडको हिसाब नै नराखेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

advertisement

धर्म सन्तानको रूपमा विदेश पठाइएका बालबालिकाको तथ्यांकसमेत मन्त्रालय र संगठनले दुरुस्त राखेका छैनन् । ०४९ देखि ०७५ सम्मको २६ वर्षको अवधिमा नौ सय ३४ बालबालिका धर्मपुत्र÷पुत्रीका रूपमा विदेशीलाई दिइएको दुवै निकायको तथ्यांक छ । तर, हेगस्थित धर्मपुत्ररपुत्री ग्रहणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ९एचसिसिएच०को तथ्यांकअनुसार नेपालले सन् २००१ देखि ०१८ सम्म १८ वर्षमा १९ सय एक बालबालिका पठाएको अभिलेख राखेको छ । यसरी ९ सय ६७ बालबालिकाको अभिलेख नै गायब भएको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?