advertisement

नियन्त्रणमा लिइएकाहरु मकवानपुरका रातोमाटे ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय मनहरी तथा चितवन, रामनगरका ट्राफिक प्रहरी र ईलाका प्रहरी कार्यालयमा कार्यरत हुन् ।

प्रहरी आचरणविपरीतको कार्य गरेको पाइएकोले प्रहरी नियमावलीअनुसार उनीहरुलाई कारबाही गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

" /> घूस लिएको आरोपमा ४ प्रहरी नियन्त्रणमा - Sarbocha Media

घूस लिएको आरोपमा ४ प्रहरी नियन्त्रणमा

`

     २०७७ श्रावण १३ गते ३:१३

हेटौंडा, १३ साउन । सेवाग्राहीसँग घूस लिएको आरोपमा एक हवल्दारसहित चार प्रहरीलाई वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नियन्त्रणमा लिएको छ ।

सवारी चालकसँग विभिन्न बाहानामा रकम लिएको भेटिएपछि उनीहरुलाई सोमबार प्रदेश प्रहरीबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एसएसपी सुदीप गिरीले बताए ।

advertisement

नियन्त्रणमा लिइएकाहरु मकवानपुरका रातोमाटे ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय मनहरी तथा चितवन, रामनगरका ट्राफिक प्रहरी र ईलाका प्रहरी कार्यालयमा कार्यरत हुन् ।

प्रहरी आचरणविपरीतको कार्य गरेको पाइएकोले प्रहरी नियमावलीअनुसार उनीहरुलाई कारबाही गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?