काठमाडौं, १३ साउन । कोभिड–१९ का कारण अतिप्रभावित पर्यटनलगायत व्यवसाय र रोजगारी गुमेका कर्मचारी तथा कामदारहरूले समेत बैंकबाट लिएको कर्जाको साँवा तथा ब्याज तिर्ने भाका दुई वर्षसम्म सार्न सकिने भएका छन् ।
कोभिडले असर पारेको व्यवसाय तथा नागरिकलाई तीन वर्गमा वर्गीकरण गर्दै राष्ट्र बैंकले सबैभन्दा धेरै प्रभावित भएको क्षेत्रका साँवा–ब्याज तिर्ने भाका आवश्यक परे दुई वर्षसम्म थप गर्न सकिने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख भएको व्यवस्था कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

न्यून प्रभावित, मध्यम प्रभावित र अतिप्रभावित वर्गमा व्यवसायलाई विभाजन गरेर राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीकरण, पुनर्संरचना गर्न सक्ने व्यवस्था गरिदिएको हो । यो खबर आजको नयाँपत्रिकामा छ ।
‘




