advertisement

त्यसो त तरकारीको थोकभन्दा खुद्रा मूल्य दोब्बरसम्म देखिएको छ। थोक र खुद्रा व्यापारमा ठूलो मूल्य अन्तर छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> लकडाउन खुलेपछि तरकारी छोइनसक्नु, घरव्यवहार चलाउनै कठिन - Sarbocha Media

लकडाउन खुलेपछि तरकारी छोइनसक्नु, घरव्यवहार चलाउनै कठिन

`

     २०७७ श्रावण १३ गते २:०१

काठमाडौं, १३ साउन । उदयपुरकी चन्द्रकला पौडेललाई हिजोआज भान्छा अचाक्ली महँगिएको महसुस भइरहेको छ। लकडाउन खुलेपछि हरियो तरकारी छुनै नसक्ने अवस्थामा पुगेको उनले बताइन्।

बरु लकडाउनका बेला तरकारीको मूल्य केही सस्तो थियो। तर, अहिले मूल्य बढेर घरव्यवहार चलाउनै कठिन भएको छ। लकडाउनले गर्दा आफ्नो ब्युटिपार्लर व्यवसाय चौपट भएको अवस्थामा तरकारी अचाक्ली महँगो हुँदा भान्छा चलाउन कठिन भएको छ।

‘खै यो बजारलाई के भाको हो कुन्नि ? अचम्मै भएँ। बरु लकडाउनका बेला तरकारी निकै सस्तो थियो’, उनले भनिन्, ‘अहिले त छुनै नसक्ने गरी मूल्य बढ्यो। भान्छाको खर्च बढेर घरव्यवहार चलाउनै कठिन भयो।’

उनले असार १२ गते रातो आलु प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेकी थिइन्। अहिले भाउ बढेर खुद्रा मूल्य ७५ रुपैयाँ पुगेको छ। उनले परबल किलो ४५ रुपैयाँमा किनेकी थिइन्, अहिले १ सय ६० पर्छ। बोडी प्रतिकिलो ५० रुपैयाँमा पाइन्थ्यो, सोमबार १ सय २० रुपैयाँ पुगेको सुन्दा उनी अचम्मै परिन्। ‘हरियो तरकारी किनेर खाने समय रहेन’, उनले भनिन्।

advertisement

त्यसो त तरकारीको थोकभन्दा खुद्रा मूल्य दोब्बरसम्म देखिएको छ। थोक र खुद्रा व्यापारमा ठूलो मूल्य अन्तर छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?