advertisement
" /> पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएको शव फेला - Sarbocha Media

पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएको शव फेला

`

     २०७७ श्रावण ११ गते ६:४१

बाग्लुङ, ११ साउन । शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो ।

बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिरोमा परी बेपत्ता भएका थिए । उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । पहिरोमा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए ।

advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?