advertisement

क्वारेन्टाइन मूल व्यवस्थापन समितिका संयोजक बृजेन्द्र यादवले एक सय ४४ जनाको २१ लाख ३५ हजार पाँच सय रुपैयाँ पेस्की लिएको बताए । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> कोरोना महामारीमा ‘स्वयंसेवी’लाई २१ लाख बढी पारिश्रमिक - Sarbocha Media

कोरोना महामारीमा ‘स्वयंसेवी’लाई २१ लाख बढी पारिश्रमिक

`

     २०७७ श्रावण ०८ गते १:१७

बाँके, ८ साउन । नरैनापुर गाउँपालिकाले ‘स्वयंसेवी’लाई पारिश्रमिक र खाजाभत्तामा २१ लाख रुपैयाँ खर्चेको छ ।

गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा खटिएकाका लागि २१ लाख ३५ हजार ६ सय रुपैयाँ पेस्की दिएर पारिश्रमिक बाँडेको हो । गाउँपालिका विपत् व्यवस्थापन शाखाले रकम वितरणमाथि प्रश्न उठाएको छ ।

गाउँपालिकाले सात–सातजनाका दरले १७ वटा क्वारेन्टाइनमा व्यवस्थापन समिति गठन गरेको थियो । त्यसबाहेक एउटा सातसदस्यीय मूल व्यवस्थापन समिति पनि बनेको थियो । उनीहरूको पारिश्रमिक र खाजाभत्ताका लागि गाउँपालिकाबाट मूल व्यवस्थापन समितिमार्फत पेस्की लिएर रकम वितरण गरिएको हो । मंगलबारसम्म एक सय ४४ मध्ये ८८ जनाले भत्ता बुझिसकेका छन् ।

advertisement

क्वारेन्टाइन मूल व्यवस्थापन समितिका संयोजक बृजेन्द्र यादवले एक सय ४४ जनाको २१ लाख ३५ हजार पाँच सय रुपैयाँ पेस्की लिएको बताए । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?