advertisement

यो वर्ष पनि सिङ्गो गाउँको चारैतिरबाट पहिरो बग्न थालेको छ । जोखिममा रहेका ११६ बढी परिवारको तत्काल उठीबासको चिन्ता बढेको स्थानीय मनबहादुर विकले जानकारी दिनुभएको छ ।

" /> सिङ्गो गाउँ नै पहिरोको जोखिममा, ११६ बढी परिवारमा उठीबासको चिन्ता - Sarbocha Media

सिङ्गो गाउँ नै पहिरोको जोखिममा, ११६ बढी परिवारमा उठीबासको चिन्ता

`

     २०७७ श्रावण ०६ गते ४:२७

बाजुरा, ६ साउन । बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्लो कुँडीको सिङ्गो गाउँ पहिरोको उच्च जोखिममा परेको छ । चारैतिरबाट पहिरो बग्न थालेपछि कुँडीमा बसोबास गर्ने ११६ बढी परिवार उच्च जोखिममा परेका हुन् ।

सोही स्थानमा दुई वर्ष पहिले विसं २०७५ भदौमा पनि पहिरो गएको थियो । पहिरोबाट एक जनाको मृत्यु र एक दर्जन परिवार विस्थापित बनेका थिए ।

advertisement

यो वर्ष पनि सिङ्गो गाउँको चारैतिरबाट पहिरो बग्न थालेको छ । जोखिममा रहेका ११६ बढी परिवारको तत्काल उठीबासको चिन्ता बढेको स्थानीय मनबहादुर विकले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?