advertisement

पहिलो सर्किट ब्रेकपछि खुलेको बजारमा १ मिनेटपश्चात् नै थप एक प्रतिशत अर्थात् ५ प्रतिशत बढीले उकालो लागेपछि दोस्रो सर्किट लाग्यो । यो खबर आजको गोरखापत्रमा छ ।

" /> सेयर बजार ८४ अङ्कले उकालो - Sarbocha Media

सेयर बजार ८४ अङ्कले उकालो

`

     २०७७ श्रावण ०५ गते २:२९

काठमाडौं, साउन ५ । पछिल्लो समय सुधारको बाटो लिएको सेयर बजारमा साताको पहिलो दिन पनि ८४ अङ्कको उच्च सुधार आएको छ ।

आइतबार कारोबार सुरु भएको सात मिनेटमै नेप्से परिसूचक ८४.२६ अङ्कले उकालो लागेर १४७९.०३ बिन्दुमा पुगेर अडिएको छ । त्यसैगरी सेन्सेटिभ इन्डेक्स १७.३९ अङ्कले उकालो लागेर ३१२.४४ बिन्दुमा पुगेको छ ।

मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको पहिलो दिनको कारोबारमा मौद्रिक नीतिले गरेका सकारात्मक व्यवस्था र सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दा सेयर बजारमा उछाल आएको हो ।

पहिलो दिन ९ मिनेट मात्र कारोबार भएको बजारमा २२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन बजार खुलेको पहिलो ७ मिनेटमै नेप्से सूचक ४ प्रतिशतभन्दा बढीले उकालो लागेपछि २० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।

advertisement

पहिलो सर्किट ब्रेकपछि खुलेको बजारमा १ मिनेटपश्चात् नै थप एक प्रतिशत अर्थात् ५ प्रतिशत बढीले उकालो लागेपछि दोस्रो सर्किट लाग्यो । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?