विराटनगर, साउन ३ । मोरङमा फरक प्रजातिको माछा फेला परेको छ ।
मोरङको बेलबारीको सोमबारे र बनौलबीच नहरको पानीमा अनौठो प्रजातिको माछा भटिएको स्थानीयले जनाएको छ ।
सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा बुधबार दुई वटा फरक किसीमका माछाहरु फेला परेका थिए ।
उक्त माछा बारे अनुसन्धान गर्नका लागि सुरक्षित राखिएको जनाइएको छ । नेपालका लागि उक्त नयाँ प्रजाति मानिए पनि भारत र चीनमा पाइने प्रजातिमा पर्ने बताइएको छ ।

प्राणीशास्त्री एवम् वातावरण क्षेत्रका जानकार रामचन्द्र अधिकारीका अनुसार हारा प्रजातिको माछा हुनसक्छ ।




