सुर्खेत, ५ माघ । कर्णालीका ७६ स्थानीय तहविरुद्ध अनियमितता आरोपमा आयोगको सुर्खेतस्थित कार्यालयमा उजुरीका चाङ छन् ।
advertisement
७९ स्थानीय तहमध्ये तीन तहमा मात्र उजुरीबाट बचेका छन् । उजुरीबाट बचेका डोल्पोबुद्ध, छार्काताङसोङ र मुगुमकार्मारोङमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुग्नु परेकाे छैन ।
कर्णालीमा सबैभन्दा बढी भ्रष्टाचारको उजुरी पर्ने स्थानीय तहमा मुगुको छायानाथ रारा नगरपालिका परेको पाइएको छ। गत आर्थिक वर्ष २४ र चालु वर्षको मंसिरसम्म छायानाथ रारा नगरपालिकाविरुद्ध सात भन्दा बढी उजुरी परेका छन् । तर ती सबै उजुरी सत्य नभएको जनप्रतिनिधि बताउँछन् ।
स्थानीय तहका काममा धेरै भ्रष्टाचार भएको देखिन्छ । आयोगका अनुसार गत आर्थिक वर्ष दर्ता ९ सय ६३ उजुरी दर्ता भएका छन् । जसमध्य ४ सय ३६ स्थानीय तहविरुद्ध उजुरी दर्ताको भएको आयोगले जनाएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा दर्ता भएका ७ सय ५७ उजुरीमध्ये ३ सय ६८ वटा स्थानीय तहविरुद्धको रहेको बताइएको छ।



