advertisement

कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको उहाँले बताउनुभयो । राति १० बजेको समयमा हत्या भएको बताइएको छ ।

" /> कुँवरको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या - Sarbocha Media

कुँवरको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या

`

     २०७७ आषाढ २१ गते ४:३८

कञ्चनपुर, २१ असार । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ ।

छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले बताउनुभयो ।

धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गर्ने कार्यमा संलग्न खड्का भने फरार रहेका छन् । फरार रहेका खड्काको खोजीकार्य जारी छ ।

“घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ”, प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, “के कारणले हत्या भएको रहेछ भन्नेबारे अनुसन्धानको कार्य भइरहेको छ ।”

advertisement

कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको उहाँले बताउनुभयो । राति १० बजेको समयमा हत्या भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?