काठमाडौं, ६ असार । गरिबीको चपेटामा परेका अफ्रिकी देशहरूको तुलनामा नेपालको औसत आयु केही राम्रो भए पनि औसत आयुको तुलनामा नेपाल १२४औँ स्थानमा हुनुले यहाँका जनताको स्वास्थ्य अवस्था निक्कै प्रतिकूल छ भन्ने देखिन्छ ।
नेपालभित्रको औसत आयुमा पनि हिमालको मुनि बस्ने नेपालीको आयु थोरै छ । सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको ६८.८, मुस्ताङको ६५.०४, जुम्लाको ६३.१ छ । त्यस्तै हिमालको हावामा यार्चागुम्बा उम्रने डोल्पाका जनताको औसत आयु ६१।२ वर्ष छ ।
त्यस्तै विश्वमा बढी कुपोषण हुने मुलुकमध्ये नेपाल ६८औँ स्थानमा छ । स्वस्थ खानेकुरा नपाएर पर्याप्त मानसिक र शारीरिक अवस्था विकास नहुने अवस्थालाई कुपोषण भनिन्छ । कुपोषणमा मध्य अफ्रिकी गणतन्त्र १ नम्बरमा र जिम्बाबे दोस्रो नम्बरमा छ । भारत ४२औँ नम्बरमा र नेपाल ६८औँ नम्बरमा छ ।

भोकमरी हुने विश्वका एक सय १७ देशमध्ये नेपाल ७३आँै स्थानमा छ । यो सूचीमा उरुग्वे पहिलो नम्बरमा छ भने भारत १०२औँ स्थानमा छ । त्यस्तै, अफगानिस्तान १०८औँँ, चाँद ११५औँ र यमन ११६औँ स्थानमा छन् । यो खबर आजको नयाँपत्रिकामा छ ।




