advertisement

स्नान गर्न मङ्गलबार रातिदेखि नै भक्तजनको आगमन शुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ। भारतीय भक्तजन तीन हेलिकोप्टर लिएर देवघाट आइपुगेका समितिका अध्यक्ष शिवराज पौडेल बताउँछन्। पौडेलका अनुसार करिब पाँच लाख भक्तजन देवघाट आएक छन् ।

देवघाटमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा मेला लाग्ने गर्छ । मेला व्यवस्थापनका लागि समितिले तनहुँ, चितवन र नवलपुर जिल्लाका सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालय तथा सरोकारवालासँग समन्वय गरेको थियो ।

भक्तजनको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । देवघाटमा लाग्ने मेलालाई नेपालकै सबैभन्दा ठूलो मेलाको रुपमा मानिन्छ ।

देवघाटधामको तीर्थलाई तीर्थहरुको पनि तीर्थ ‘महातीर्थ’ भन्ने गरिन्छ । बराहपुराण, स्कन्दपुराण र भागवतमा देवघाटको तीर्थको व्याख्या गरिएको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार देवघाटमा ऋषि वशिष्ठ, विश्वमित्र, राजा जनक, राम र सीताले समेत तपश्या गरेको पुराणहरुमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु

आज माघे संक्रान्ति : देशैभरि धुमधामका साथ मनाइँदै

थारु समुदायको नयाँ वर्ष माघि : धुमधामका साथ मनाउँदै

 

 

" /> माघे सङ्क्रान्तिको अवसरमा करिब ५ लाख भक्तजनले गरे देवघाटमा स्नान - Sarbocha Media

माघे सङ्क्रान्तिको अवसरमा करिब ५ लाख भक्तजनले गरे देवघाटमा स्नान

`

     २०७६ माघ ०२ गते ६:०६

दमौली, २ माघ । माघे सङ्क्रान्तिको अवसरमा पवित्र तीर्थस्थल देवघाटमा पाँच लाख भक्तजनले स्नान गरेका छन् । बुधबार देशका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी पाँच लाख भक्तजनले स्नान गरेका हुन् ।

advertisement

स्नान गर्न मङ्गलबार रातिदेखि नै भक्तजनको आगमन शुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ। भारतीय भक्तजन तीन हेलिकोप्टर लिएर देवघाट आइपुगेका समितिका अध्यक्ष शिवराज पौडेल बताउँछन्। पौडेलका अनुसार करिब पाँच लाख भक्तजन देवघाट आएक छन् ।

देवघाटमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा मेला लाग्ने गर्छ । मेला व्यवस्थापनका लागि समितिले तनहुँ, चितवन र नवलपुर जिल्लाका सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालय तथा सरोकारवालासँग समन्वय गरेको थियो ।

भक्तजनको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । देवघाटमा लाग्ने मेलालाई नेपालकै सबैभन्दा ठूलो मेलाको रुपमा मानिन्छ ।

देवघाटधामको तीर्थलाई तीर्थहरुको पनि तीर्थ ‘महातीर्थ’ भन्ने गरिन्छ । बराहपुराण, स्कन्दपुराण र भागवतमा देवघाटको तीर्थको व्याख्या गरिएको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार देवघाटमा ऋषि वशिष्ठ, विश्वमित्र, राजा जनक, राम र सीताले समेत तपश्या गरेको पुराणहरुमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु

आज माघे संक्रान्ति : देशैभरि धुमधामका साथ मनाइँदै

थारु समुदायको नयाँ वर्ष माघि : धुमधामका साथ मनाउँदै

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?