advertisement

सुस्ताको क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर छ। १४ हजार हेक्टर भारतले अतिक्रमण गरेको छ। साढे सात हजार हेक्टरमात्रै सुस्तावासीले भोगचलन गरेका छन्। १९ हजारभन्दा बढी हेक्टर जमिन नेपाल भारत कसैले भोगचलन नगर्ने सहमति भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> सुस्तावासीले भारतसंग लडेर बचाए आफ्नो नेपालको जमिन - Sarbocha Media

सुस्तावासीले भारतसंग लडेर बचाए आफ्नो नेपालको जमिन

`

     २०७७ आषाढ ०२ गते २:३०

बुटवल, २ असार । नेपाली नक्साभित्रै पर्ने पश्चिम नवलपरासीको सुस्तामा जंगे पिलर छैनन्। नेपाल–भारत सीमा छुट्याउने सीमास्तम्भ नभएपछि भारतीयले नेपाली भू–भाग अतिक्रमण गर्दै थिचोमिचो गर्न थाले। सहन सक्ने स्थिति नै रहेन। अनि सुस्तावासीले प्रतिवाद गरे। तीमध्येकी एउटी नेतृत्वकर्ता हुन्, नुरुजा वेगम अर्थात् लैला दिदी।

२०३४ सालमा नारायणीले धार परिवर्तन गर्‍यो। नारायणीवारी रहेको सुस्ता पारी बन्यो। नवलपरासीको सुस्ता गाउँपालिका ५ मा पर्छ सुस्ता गाउँ। जहाँ पुग्न भारतबाट बाटो हँुदै जानुपर्छ। नारायणीले धार फेरेसँगै भारतीयले नेपाली भूमिमा आँखा गाडे। जोतभोग गरेर उब्जाएको अन्नबालीसमेत लुट्ने भएपछि सुस्तावासी त्यसको प्रतिकारमा उत्रिए।

प्रतिकारकै कारण सुस्ताको केही हिस्सा अहिलेसम्म नेपालीकै अधीनमा छ। ‘हामीले नछेकेको भए उहिल्यै अधिनमा पारिसक्थे, सुस्ताकी लैला दिदी अर्थात् नरुजा भन्छिन्, ‘आफ्नै जमिनमा खेती गरेर खान पाएका छौं।’ उनले लैला नाम आफैं राखेकी हुन्। चलचित्रको नायिका–नायकको प्रेम देखेर उनले आफूलाई लैला र देशको भूमिलाई मजनु नाम राखिन्। त्यतिबेलै बाँचुञ्जेल सीमा मिच्न नदिने अठोट राखिन्।

advertisement

सुस्ताको क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर छ। १४ हजार हेक्टर भारतले अतिक्रमण गरेको छ। साढे सात हजार हेक्टरमात्रै सुस्तावासीले भोगचलन गरेका छन्। १९ हजारभन्दा बढी हेक्टर जमिन नेपाल भारत कसैले भोगचलन नगर्ने सहमति भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?