वि.सं.२०७७ साल आषाढ ०२ गते । मंगलबार । ईश्वी सन् २०२० जुन १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– दशमी,०१ घडी ०८ पला,बिहान ०५ बजेर ३७ मिनेट उप्रान्त एकादशी । नक्षत्र– अश्विनी,अहोरात्र । योग– शोभन,२३ घडी ४८ पला,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त अतिगण्ड । करण–भद्रा,बिहान ०५ बजेर ३७ मिनेट उप्रान्त बव,बेलुकी ०६ बजेर३६ मिनेट उप्रान्त वालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी ३४ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । तरपनि समय अनुकुल नरहेकोले यात्रा भरसक नगर्नुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । काम गर्दा निति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नाले आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अबिश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नी विचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथिभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुँनेछन् । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : समयले साथ दिने हुदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । धर्म तथा धर्म बिश्तारको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरका लागि समयले साथ दिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानि नहुदा दैनिकी प्रभावित हुनेछ । दिदि बहिनिहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखि टाडिन सक्छन् ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : पढाई लेखाईमा प्रविधिको प्रयोग गरि भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसि रहनेछन् । पारिवारका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : रमाईलो भेटघाट हुने तथा स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझाबलाई शिरो धार्य गर्दै अगाडि बढ्न सके गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानि गरिन मनग्गे आम्दानि हुनेछ भने नया योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावाना साटासाट गर्न पाईने हुदा पन प्रशन्न रहनेछ । उपाहार तथा भौतिक सम्पति प्राप्तिको योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : घरायसि समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग मनमुटाव हुँदा मन खिन्न हुनेछ भने आफन्तको साथ पाईने छैन । समाजसेवामा तथा राजनितिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केहि समय कुर्नुनै पर्नेछ । तरपनि कृषि तथा सहकारि व्यावासायमा भने मनग्गे आम्दानि हुने योग रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : परिवारका साथ जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउँनेछ । दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुसि रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि उद्योग तथा व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): पहिले गरेका कामबाट मनग्गे आम्दानि हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । बिद्या तथा प्रतिष्पर्धिहरु हार खानेछन् भने तपाईको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरण तथा हासखेलमा समय बित्नेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ ।




