advertisement

निर्धारित भाडा महँगो भएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले दुईपटक घटाए पनि मजदुरका लागि अझै पनि धेरै छ । कतिपय श्रमिकहरु युएईमा खान पनि नपाएपछि स्टोर रुममा सुतिरहेका छन् । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> विदेशमा अलपत्र नेपालीबाट चर्को भाडा लिँदै करोडको बिजनेस गर्दै नेपाल र हिमालय एयरलाइन्स - Sarbocha Media

विदेशमा अलपत्र नेपालीबाट चर्को भाडा लिँदै करोडको बिजनेस गर्दै नेपाल र हिमालय एयरलाइन्स

`

     २०७७ आषाढ ०१ गते १:०१

काठमाडौं, १ असार । रोजगारी गुमाएर अलपत्र परेका नेपालीको उद्धारका नाममा उनीहरूबाटै चर्को भाडा असुल्ने नीति लिएको सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई अपारदर्शी रूपमा बिजनेस वितरण गराएको छ ।

मजदुरले तिर्ने भाडामा कसले सस्तो दिन सक्छ भनेर प्रतिस्पर्धा गराउनुपर्नेमा सरकारले मध्यस्थता गरेर श्रमिकलाई मर्कामा पार्न लागेको छ । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई मात्रै होइन, यती समूहको लगानी रहेको हिमालय एयरलाइन्सलाई समेत विनाप्रतिस्पर्धा बिजनेस प्रदान गरेको छ ।

सरकारले गर्ने पहिलो चरणको उद्धारअन्तर्गत नेपाल वायुसेवा निगमलाई २४ उडान र हिमालय एयरलाइन्सलाई १९ वटा उडान गर्ने तयारी गरेको छ । तर, उडान केका आधारमा वितरण भयो भन्ने सरकारले स्पष्ट पारेको छैन ।

सरकारले सार्वजनिक गरेको तालिकाअनुसार ४३ उडानबाट दुई एयरलाइन्सले नेपाली श्रमिकबाट ५० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्नेछन् ।

advertisement

निर्धारित भाडा महँगो भएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले दुईपटक घटाए पनि मजदुरका लागि अझै पनि धेरै छ । कतिपय श्रमिकहरु युएईमा खान पनि नपाएपछि स्टोर रुममा सुतिरहेका छन् । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?