सुर्खेत, ३१ जेठ । कोरोनाबाट जोगिन उनी गाउँ पुगे। बाहिरबाट गएका कारण उनलाई क्वारेन्टाइनमा राखियो। आफूमा संक्रमण भए पनि क्वारेन्टाइनमा उपचार पाउने उनको आस थियो। तर, उनले न उपचार पाए न त राम्रो खानपान नै। भद्रगोल व्यवस्थापनका कारण जुम्लाको चन्दननाथका रामसिंह सुनारको क्वारेन्टाइनमै ज्यान गयो।
नगरपालिकाले वडा नम्बर ८ तलिउमस्थित एक स्कुलमा क्वारेन्टाइन बनाएको छ। आफन्तलाई संक्रमण हुने त्रास र आफ्नो ज्यान जोगाउन रामसिंह त्यहाँ बस्न सहमत भएका थिए। तर, जेठ २३ गते क्वारेन्टाइनमै उनको ज्यान गयो। बर्दियाबाट फर्किंदै गरेका उनी घर पुग्नै पाएनन्।

कर्णालीमा क्वारेन्टाइनको व्यवस्थापन नहुँदा त्यहाँ बसेका व्यक्तिको ज्यानै जान थालेको छ। रोगबाट जोगाउन र सुरक्षित राख्न बनाइएका अधिकांश क्वारेन्टाइनले नै ‘मान्छे खान’ अर्थात् ज्यान लिन थालेका हुन्। यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।




